काठमाडौं । सत्तागठबन्धनका दुई शिर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खटपट सुरु भएको छ । आज भएको फोन वार्तामा दुई नेताबीच सवाल जवाफ भएको बताइएको छ ।
वार्ताका क्रममा एमसीसीसँग भएको सम्झौता सञ्चार माध्यमसम्मको पहुँचमा पुर्याएको भन्दै प्रचण्डले देउवासंग आपत्ति जनाएका बुझिएको छ ।
देउवाले भने आफूले पत्र सार्वजनिक नगरेको दाबी गरेका बताएका छन्। कार्तिकमा स्वीजरल्याण्डमा आयोजित जलवायुसम्बन्धी विश्व सम्मेलनबाट स्वदेश फर्केको समयमा प्रधानमन्त्री देउवाले प्रचण्ड र आफूले एमसीसीलाई साझा पत्र लेखेको बतएका थिए।
आज आइतबार उनीहरूले साझा रुपमा एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको छ। प्रचण्डले अहिले नै पत्र सार्वजनिक गर्नुपर्ने बाध्यता के आयो भन्दै प्रश्न गरेको बताइएको छ । तर प्रधानमन्त्री देउवाले आफूले पत्र सार्वजनिक नगरेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्