Ads

जोरबिजोर प्रणाली हटाउन सिसिएमसीको सिफारिस


काठमाण्डौँ । आज(आइतबार) बसेको कोरोना नियन्त्रण तथा रोकथाम समन्वय समितिको बैठकले यातायातमा लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ ।

कोरोना संक्रमण रोकथामका तथा नियन्त्रणका लागी काठमाण्डौ उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली हटाउन समितिले सरकारलाई सिफारिस गरेको हो ।

कोरोनाको संक्रमण कम हुँदै गएपछि सिसिएमसीको बैठकल निजी सवारी साधन र ट्याक्सीहरुमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । यस अघि उपत्यकाको तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट निजी सवारी साधन र ट्याक्सीहरुमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।

सिसिएमसीको बैठकले फागुन १ गतेदेखि अवस्था हेरेर शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू