Ads

प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्ने


काठमाडौ/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रिय सभामा विभिन्न प्रतिवेदन पेश गर्दैछन् ।

सभामा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ। त्यस्तै प्रधानमन्त्रीले महालेखा परीक्षकको साठीऔं प्रतिवेदन, राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन र दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्ने कायैसूची रहेको छ।

राष्ट्रिय सभा बैठकमा आजै पूर्वसदस्य महेश चौधरीको शोक प्रस्ताव पेश गर्नेसमेत कार्यसूची रहेको छ।

प्रतिनिधीसभामा मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज बिहान १० बजे बोलाइएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा  मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

सोमबार गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि मन्त्रीहरूले दिनेछन्।

Ads

सम्बन्धित पोष्टहरू