काठमाडौं । सभामुख देवराज घिमिरेले मातृशोकमा रहनुभएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गर्नुभएको छ ।
आइतबार काठमाडौं– ३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर थपलियाको परिवारलाई सभामुखले शोक व्यक्त गर्नुभएको हो ।
सभामुखले स्व. थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
९० वर्षकाे उमेरमा डम्बरकुमारी थपलियाकाे कपनस्थित निवासमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्