Ads

जलहरीको सुन जोख्न अख्तियारकाे टाेली जाँदै, पशुपति खाली गराइयो


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायतकाे टाेली जलहरीको सुन जोख्न आउने भएपछि पशुपति परिसर खाली गरिएको छ।

आइतबार साँझ ६ बजे सुन जोख्न उक्त टोली आउने भएपछि मन्दिरका चारवटै ढोका बन्द गरिएको छ भने भक्तजनहरूलाई त्यहाँबाट हटाइएको छ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्। करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्।

सुन हिनामिनाको आरोप लागेपछि कही दिनअघि कोषका सदस्यसचिव मिलनकुमार थापाले संसदीय समितिमा उक्त आरोप अस्वीकार गर्दै सुन जोख्न अनुरोध गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू