Ads

बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता सुरु


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

तीन दलका शिर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियाले जानकारी दिएका छन् ।
सदनमा जारी गतिरोध अन्त्यका लागि तीन नेताहरुबीच भेटवार्ता सुरु भएको छ । वार्तामा एमसीसी बारेमा पनि छलफल हुने बताइएको छ ।

एमालेले लामो समयदेखि संसद अबरुद्ध गदै आएको छ । सक्त अवरुद्ध संसद खोल्ने विषयम एमाले अध्यक्षसंग प्रधानमन्त्री देउवाले छलफल गरेपनि निस्कर्ष निस्कन सकेको छैन ।

आजको भेटवार्तामा सदनको गतिरोध अन्त्य र एमसीसी पारित गर्ने वा नगर्ने विषयमा छलफल हुने स्रोतले बताए ।
माओवादीले एमसीसी जस्ताको त्यस्तै पास हुनुहुदैन भन्दै आएको छ भने कांग्रेस एमाले पारित गरेर जानु पर्छ भन्दै आएको छ ।

बैठकमा नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले महासचिव शंकर पोखरेल सहभागी छन् ।

Ads

सम्बन्धित पोष्टहरू