Ads

पशुपतिनाथमा जलहरीको सुन जाेख्नु अघि क्षमा पूजा गरिँदै


काठमाडौं । पशुपतिनाथको जलहरीको सुन जाेख्नु अघि क्षमा पूजा र आरती भइरहेको छ।

पशुपतिको जलहरीमा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा आज जोखिने लागेको हो।

पशुपतिमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रतिनिधिऽ नापतौल विभागको टोली ,सुरक्षाकर्मीलगायतका अधिकारीहरू पशुपति पुगेका छन्।

पशुपति विकाश कोष परिसरमा जलहरीको तौल जोख्ने तयारी भइरहेको छ । अहिले पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ। पशुपतिनाथका चारै ढोका बन्द गरिएका छन्।

पशुपति विकाश कोष,प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको हो । महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन।

पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू