काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएपछि आज(आइतबार) उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।
काठमाडौंमा जारी स्मार्ट लकडाउनको समीक्षा गर्नका लागी आज बैठक बस्न लागिएको हो । कोरोना नियन्त्रण तथा रोकथाम समन्वय समिति (सीसीएमसीसीे) को आज बिहान बसेको बैठकले उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।
सीसीएमसीसीेको बैठकपछि लकडाउनको समिक्षा र उपत्यकाभित्र सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाउने विषयमा छलफल गरेर नयाँ आदेश जारी गर्नका लागी बैठक बस्ने बताइएको छ ।
यस अघि उपत्यकाको तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट निजी सवारी साधन र ट्याक्सीहरुमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्