Ads

गौरीगञ्जमा ५३ करोडको बजेट


झापा/ झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि . ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपैयाको वजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले  आईतवार गाउँपालिकाको १३ औं गाउँसभामा सो बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ८ करोड ७ लाख रूपैयाँ ( सुशासन तथा संस्थागत क्षमता विकाससहित) र पुँजीगत खर्च तर्फ १४ करोड ३३ लाख रूपैयाँ विनियोजन गरिएको जनाएकी छन ।

त्यसैगरी वडागत वजेट सिलिङ्ग अन्तर्गत वार्ड नं. १ लाई ५१ लाख ५० हजार, वार्ड नं.२ लाई ५१ लाख ५० हजार, वार्ड नं.३ लाई ४७ लाख ५० हजार, वार्ड नं. ४ लाई ४४ लाख, वार्ड नं.५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४५ लाख ५० हजार रूपैयाँ वजेट छुट्टाएको छ । सामाजिक विकास अन्तर्गत शिक्षामा २ करोड ५६ लाख५४ हजार, स्वास्थ्यतर्फ ५ करोड, आर्थिक विकास क्षेत्रमा १ करोड ३३ लाख रूपैयाँ बजेट छुट्टयाइएको छ ।

गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ गाउँपालिकाको को आन्तरिक आय अन्तरगत मालपोत तथा भुमिकरबाट रु ३८ लाख १८ हजार २ सय १० रूपैयाँ , आन्तरिक राजस्वबाट ४ करोड पचास लाख, संघीय सरकारको अनुदान रु ३४ करोड २७ लाख र प्रदेश सरकारको अनुदानवापत रु ३ करोड २० लाख ४९ हजार र सशर्त, समपुरक, विशेष अनुदानबाट २५ करोड २२ लाख २५ हजार प्राप्त हुने छ । राजश्व बाँडफाडबाट रु १० करोड ३६ लाख १ सय रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले प्रस्तुत गरेको पालिकाको आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा आधारित रहेर उपाध्यक्ष न्यौपानेले सो बजेट प्रस्ताव गरेकी हुन ।

Ads

सम्बन्धित पोष्टहरू