काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । एक हजार तीन सय ८६ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
९ हजार दुई सय ५१ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार सात सय चार जना कोरोना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा ७९ हजार नौ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार सात सय ५२ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा २९ हजार पाँच सय २० सक्रिय संक्रमित रहेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार दुई सय ४८ रहेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परिक्षणका आधारमा नेपालको औसत संक्रमणदर १८.४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्