काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दुखमा साथ दिने बताएका छन् । आइतबार मेयर साम्पाङले सामाजिक सञ्जालमा गरेको दुखेसोयुक्त टिप्पणीमा प्रतिक्रिया जनाउँदै काठमाडौंका मेयर साहले ढाडस दिएका हुन् ।
आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको उनको गुनासो थियो । उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’
उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुःख दिए भन्ने । साम्पाङको सोही स्टाटसमा ढाडस दिँदै काठमाडौंका मेयर बालेन शाहले दुःखमा आफू साथमा रहेको बताएका छन् । उनले कमेन्टमा भनेका छन्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’
प्रतिक्रिया दिनुहोस्