Ads

काठमाडौंको गोकर्णेश्वरमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट


काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा भएको आगलागीमा यस्तो क्षति भएको हो ।

उक्त ठाउँमा भएको वर्कसपमा आज बिहान भएको आगलागीका कारण रेस्टुरेन्ट कस्मेटिक पसलसहितमा क्षति पुगेको बताइएको छ । आगलागीमा केही सवारी साधन पनि जलेका छन् । प्राप्त जानकारी अनुसार आगलागी भएको एक घण्टापछि मात्र नेपाली सेना र जुद्द बारुण यन्त्रको दमकल घटनास्थलमा पुगेका थिए ।

आगलागीको सम्बन्धमा पतिक्रिया माग्दा नगर प्रवक्ता नारायण बहादुर सुवेदीले आफुलाई आगलागीको बारेमा जानकारी नभएको बताए । न्युज हाउस नेपालले जानकारी लिन खोज्दा वडा नं ७ मा नभई माकलबारीमा आगो लागेको भन्ने सुनेको तर विस्तृतमा केही थाहा नभएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू