Ads

कोशी प्रदेशको विशेष अधिवेशन आह्वान गर्न सिफारिस


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।

सरकारले असार १४ गतेका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

विश्वासको मत लिने प्रजोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकार अल्पमतमा परेको छ ।
असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए ।

सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । नियमित अधिवेशन आह्वान गर्दा सभामा बजेट अध्यादेश पेस गर्नुपर्ने हुन्छ ।

Ads

सम्बन्धित पोष्टहरू