Ads

खहरे खोलाले बगाउँदा बाबुछोरीको मृत्यु


गुल्मी । खहरे खोलाले बगाउँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङमा सोमवार खहरे खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय

बिन्दु घर्तीको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिए । यस्तै गएराति मालिका ८ फल्लेनीमा चट्याङ लागेर ३९ वर्षीय विष्णु विकको मृत्यु भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू