Ads

सरकार निष्पक्ष निर्वाचनको पक्षमा दृढ छ, जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनः अर्थमन्त्री डा. महत


काठमाडाैँ । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको बताए।

उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु। यसका कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ। हामीले पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर पनि प्रतिबद्धता जनाइसकेका छौँ। प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको हुँ।’

उनले जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताए।

Ads

सम्बन्धित पोष्टहरू