काठमाडौं । प्रहरीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका थप चारजनालाई पक्राउ गरेको छ । व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कर्मचारीसहित अरु चारजनालाई पनि पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन् ।
२०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा उनीहरुले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालयमा रहेर पकाम गरेका थिए ।यस प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसहित १७५ जनामाथि अभियोग लागेको छ ।
प्रतिक्रिया दिनुहोस्