Ads

एक यात्रुको स्वागत र विदाईमा बढीमा ३ जना मात्र आउनु: नेपाल नागरिक उड्डयन प्राधिकरण


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड नर्गन भन्दै सूचना जारी गरेको छ।

यात्रुलाई विदाई र स्वागत गर्न आउँदा बढीमा ३ जनामात्र आएर सहयोग गर्न प्राधिकरणले अपील गरेको छ।

धेरै संख्यामा मानिस आउने क्रम बढेपछि विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ पुगेको भन्दै प्राधिकरणले सीमित संख्यामा मानिस आउन अनुरोध गरेको हो।
प्राधिकरणले भिडभाडका कारण प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम भएको र यात्रुहरुको सहज आवतजावतमा समेत अवरोध सिर्जना भएको जनाएको छ।

त्यसैले यस्ता समस्यालाई मध्यनजर गर्दै यात्रुको विदाई र स्वागत गर्न आउने आफन्तको प्रवेशलाई न्यूनिकरण गर्नुपर्ने आवश्यक देखिएको भन्दै प्राधिकरणले बढीमा ३ जनामात्रै
विमानस्थलमा आउन अनुरोध गरेको हो।

Ads

सम्बन्धित पोष्टहरू