काठमाडाैँ । चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।
विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सात जना चिनियाँ सवार चार्टर्ड जहाज अवतरण गरेको बताए।
ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए। उनी एसियाकै धनाढ्यमा पर्छन्। उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन्। उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन्।
प्रतिक्रिया दिनुहोस्