Ads

एमसीसीको विरोध गर्दै भोलिदेखी ६ दल र दुई मोर्चाको आन्दोलन


काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्दै ६ वटा कम्युनिष्ट पार्टी र जनमोर्चा आन्दोलनमा होमिएको छ ।

एमसीसीलाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भएपछि सत्ता गठबन्धन तथा संघीय संसद भन्दा बाहिर रहेका साना बामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले भोलि देखी देशभर आन्दोलन गर्ने भएका छन् । विज्ञप्ति जारी गर्दै उनिहरुले संयुक्तरुपमा देशभर आन्दोलनका कार्यक्रम गर्ने बताएका हुन् ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरूसँग हामी गम्भीर अपिल गर्दछौँ’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

माघ २५ गते देशैभरी संयुक्त कोणसभा गर्ने तयारी रहेको छ भने २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी  र देशभरका सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन गर्ने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू