काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
मंगलबार प्रत्येक सांसदहरूलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।
संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गरेका छन्।
बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।
बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा ‘अन्डरस्ट्यान्डिङ’ बनिसकेको नेताहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्