काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक एक दिन सरेको छ । माओवादी केन्द्रले यसअघि २७ गते बोलाएको थियो । तयारी नपुगेको भन्दै माओवादीले एक दिन बैठक सारेर २८ गते बोलाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंको प्रज्ञाभवन कमलादीमा बस्ने छ ।
२७ माघमा बस्ने भनेको केन्द्रीय कमिटी बैठक २८ गतेमात्र बस्ने माओवादी कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादीले यो केन्द्रीय कमिटी बैठकबाट कमिटीलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने छ ।
जब कि २९९ केन्द्रीय सदस्यमा २४६ जनामात्र चयन गरेको छ । माओवादी विधानमा १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्