Ads

पारिवारिक विवादको क्रममा छोराले गर्‍यो आमाको हत्या


बुटवल ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको  प्रहरीले जनाएको छ ।

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो ।  हत्यापछि कुमार भागेर रुपन्देही आएको अवस्थामा  पक्राउ परेका हुन् ।  रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको  प्रहरीले जनाएको  छ ।

Ads

सम्बन्धित पोष्टहरू