काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य ११०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४३, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २०० मा कारोबार भएको छ ।
काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा ठुलो ४५, टनेल गोलभेँडा सानो १२, लौका ७० कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ,तोरीको साग रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्