काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २ सय ७० रनको लक्ष्य दिएको छ ।मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनायो ।
नेपालका निरजकुमार यादवले ४३ बलमा ७४ रन बनाए । उनले २१ बलमै अर्धशतक बनाए । सुर्यांशु कोइराला ४० रनमा आउट भए ।नरेन भट्ट ५५ रनमा अविजित रहे भने सन्तोष यादव ४२ रनमा आउट भए । विशाल लक्ष्य पछ्याएको थाईल्यान्डले ब्याटिङ थालेको छ । समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् ।
समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन् । समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपालले आज जितेमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाइ ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्