Ads

भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर २ नेपालीको मृत्यु, ४ जना घाइते


सर्लाही । नेपाल भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा दुई नेपालीको मृत्यु भएको छ । सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका खबर आएको भएपनि नेपाली सुरक्षा अधिकारीहरुले अझै पुष्टि गरका छैनन् ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता कुवेर कठायतले पनि अहिले बुझनेक्रम जारी रहेको बताए । सशस्त्र प्रहरीले पनि केही बताएको छैन । सर्लाही प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो ।

गोली लागि मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान छन् । घाइते चार जनाको नाम खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको छ । के कारणले भारतीय प्रहरीले गोली चलाएको भन्नेबारेमा केही बताएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू