Ads

एमालेको पहलमा अपांगता भएका दम्पतीलाई घर


झापा\ झापाको कमल गाउँपालिका वडा नम्बर ६ का एक जना अपाङगता भएका परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।कमल ६ त्रिवेणी चौकका तीर्थ र शर्मिला तिम्सीनालाई घर निर्माण गरि हस्तान्तरण गरिएको नेकपा एमाले वडा कमिटीले जनाएको छ ।
वडा कमिटी अध्यक्ष तुलसी बाँस्कोटाका अनुसार पार्टी कार्यकर्ताहरुको रु २ लाख सहयोगबाट घर निर्माण गरि परिवारलाई हस्तान्तरण गरिएको हो ।बुधबार एक संक्षिप्त कार्यक्रमका बीच कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपाने तिवारीले तिम्सिना परिवारलाई घर हस्तान्तरण गरिन् । घर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नरेन्द्र भट्टराई, गाउँपालिकाका पूर्व उपाध्यक्ष वेणुप्रसाद शिवाकोटीले सहयोग कार्य उदाहरणीय भएको उल्लेख गरे ।

Ads

सम्बन्धित पोष्टहरू