काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको विषयमा भइरहेको विवाद अझै टुंगिन सकेको छैन । सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई स्थगित भएको छ ।
यस अघि आज(सोमबार)का लागी पेशी तोकिएको भएपनि अब रिटको पेशी फागुन २ गते हुने अदालतले जनाएको छ ।
गत बिहिबार सदस्य सचिव विवाद चाडो टुंगाउनका लागी सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषदले संयुक्तरुपमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए ।
सदस्य सचिवको विषयमा भएको विवाद समाधान नहुँदा खेलकुद क्षेत्र अस्तब्यस्त भएको राखेपले बताएको छ । आज पेशी नचढी स्थगित भएको रिटको सुनुवाइ यस अघि पनि पेशी नचढी स्थगित भएको हो ।
राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते सरकारले बर्खास्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्