कुस्मा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताएका हुन ।
उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताए ।
चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारसँग रु ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उनले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्