गौरव त्रिपाठी
पोखरा । सबै सिजनका लागि पोखरा भन्ने नारासहित शुरु भएको १८ औँ रोपाईं महोत्सवमा पोखरा आइपुगेका पर्यटकहरु निकै रमाए । आज असार १५ राष्ट्रिय धान दिवसको सन्दर्भमा पोखरा पुगेका विदेशी पर्यटकहरुले हिलो खेले, धान रोपे अनि असारे गीतमा छमछमी नाचे ।
नेपालमा ढिलो गरी यो वर्षको मनसुन भित्रियो, जसका कारण असार १५ गतेसम्म गण्डकी प्रदेशमा रोपाई निकै कम मात्र सकिएको छ । तर पर्यटकीय नगरी पोखरामा १५ देशका ५ सय वढी पर्यटकले पोखरा महानगरपालिका–१३, कसेरीमा आयोजना भएको १८ औँ रोपाईं महोत्सवमा हिलो खेलेर रोपाईंको मज्जा लिए ।
उनीहरुले नेपालमा कसरी धान रोपाईं गरिन्छ भनेर जानकारी मात्र लिएनन् विभिन्न कार्यक्रममा समेत सहभागिता जनाए। १८ वर्षदेखि निरन्तर पोखराका फरकफरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाईं महोत्सव यसपटक पोखरा–१३, कसेरी फाँटमा गरियो ।
प्रतिक्रिया दिनुहोस्