काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश भिड्दैछन् । खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । अर्को खेलमा लेबनान र भारत खेल्नेछन्, पौने ८ बजे । समूह एबाट कुवेत समूह विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेका थिए भने समूह बीबाट लेबनान र बंगलादेश क्रमश समूह विजेता र उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका थिए ।
प्रतियोगितालाई स्तरीय बनाउन वेस्ट एसियन देश कुवेत र लेबनानलाई साफ च्याम्पियनसिपमा थपिएको हो । भारत साफ च्याम्पियनसिपको१३ वटा संस्करण मध्य ८ वटाको विजेता टोली हो । शनिबार लेबनानविरुद्धको खेलमा भारतीय प्रशिक्षक इगोर स्टिमक टच लाइनमा हुने छैनन् । उनलाई दुई खेलको प्रतिबन्ध लगाईएको छ । कुवेतविरुद्धको खेलमा खेल अधिकारीसँग बादबिबादमा उत्रिएका उनलाई रेड कार्ड देखाईएको थियो ।
उनले पाकिस्तानविरुद्धको खेलमा समेत रातो कार्ड खाएका थिए । सोही कारण उनी नेपालविरुद्धको खेल गुमाएका थिए । साविक उपविजेता नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । लगातार सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रतिक्रिया दिनुहोस्