Ads

चालु आर्थिक वर्षको छ महिनामा ४ लाख ७६ हजार पर्यटक भित्रिए


काठमाडौं । सन् २०२३ को जुन महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनामा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन् ।

जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट चार हजार ३४३, बेलायतबाट एक हजार ९९२ र अष्ट्रेलियाबाट एक हजार ६३९ जना पर्यटक आएका छन् ।

बोर्डका अनुसार सन् २०२३ को ६ महिना ९जनवरीदेखि जुनसम्म० ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू