Ads

बीपी प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की नियुक्त


काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायम मुकायम उपकुलपतिमा डा. प्रह्लाद कार्की नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

उनले अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक क्षेत्र पनि हेर्ने छन् ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै शिक्षाध्यक्ष डा. सञ्जिव शर्मालाई दिइएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू