Ads

बालुवाटारमा सत्ता गठबन्धन बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले जानकारी दिए।
बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने बताइन्छ।

बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा पनि छलफल हुने उनले बताए।

आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।

 

 

Ads

सम्बन्धित पोष्टहरू