काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ।
रास्वपाले सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिन प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो।
केन्द्रीय द्रुत कार्य समूह मातहत रहने तथा ७ देखि ३३ जना पार्टी सदस्य खटिनेगरी समूह बनाइएको ढकालले बताएका छन्।
केन्द्रीय द्रुत कार्य विभागमा विष्णुपुकार श्रेष्ठ (विष्णु पुरूष) छन्। उनले नै प्रमाणीकरण गर्नुपर्ने गरी कार्यविधि तय गरिएको छ।
यस्तो समूह प्रदेश र स्थानीय तहमा बनाउन सक्ने रास्वपाले बताएको छ।
विपद्पछि उद्धार, खोज र राहतमा नागरिक तथा सरकारलाई सघाउ पुर्याउन यस्तो समूह बनाइएको र यो विशुद्ध सामाजिक हुने रास्पाले बताएको छ।
केन्द्रमा तिमल्सेना संयोजक चयन भएका छन्। त्यस्तै उपसंयोजकमा प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल र कोषाध्यक्ष कृष्णबहादुर थापा रहेका छन्। त्यस्तै सदस्यहरूमा रामकृष्ण श्रेष्ठ, महमद हुसेन खान, चिरञ्जिवी तिमल्सिना, रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, दिपा केसी बास्तोला, मिलनचन्द्र महत छन्।
प्रतिक्रिया दिनुहोस्