Ads

निर्वाचन आयोगको प्रस्ताव: विदेशबाट मतदान, मतपत्रमा नो भोटको व्यवस्था


काठमाडौँ । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौंदा पारित गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौंदा सरकारलाई पठाउने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार आयोगले निर्वाचनसम्बन्धी कानुनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । कानुनमा ‘नो भोट’, विदेशमा रहेका नागरिकलाई मताधिकार, निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेद्वारलगायतका नयाँ प्रावधान समेटेको छ ।

‘समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भईसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने,’ आयोगले प्रस्तुत गर्ने विधेयकमा उल्लेख छ।

निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित अदालतले त्यस्तो मुद्दा छ महिनाभित्र कारवाही र किनारा गर्नुपर्ने पनि व्यवस्था विधेयकमार्फत गरिएको आयोगले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू