Ads

जनमतलाई सरकारमा समेट्ने सत्ता गठबन्धनमा सहमति


काठमाडौं । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको पाण्डेले बताए ।

Ads

सम्बन्धित पोष्टहरू