Ads

१२ अंक बढ्यो सेयर बजार, कारोबार साढे २ अर्बमा सीमित


काठमाडाैँ । विगतका तीन कारोबार दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ।

नेप्से १२.७३ अंकले बढेर दुई हजार ८८.७० बिन्दुमा कायम भएको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.२८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले बढेको छ।

२८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। मंगलबार कारोबार रकममा ह्वात्तै गिरावट आएको छ।
सोमबार चार अर्ब ५ करोड १० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज नेप्सेका सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ। आज सिटी होटल लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

Ads

सम्बन्धित पोष्टहरू