इटहरी । इटहरीमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया सरिता चौधरी र २० वर्षीया छोरी अंशु चौधरी रहेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी आमा सरिताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र छोरी अंशुको विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
घटनापछिआक्रोशित आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका थिए । ढुंगामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेसहित ९ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका पनि सात जना घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ सेल अश्रुग्यास प्रहार गरेको थियो। आक्रोशित भीडले टिपरका चालकमाथि पनि हातपात गरेको थियो । टिपर चालक सर्लाहीको हरिवनका २६ वर्षीय बलबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्