Ads

धार्मिक सम्पदाको संरक्षण गरिँदै


रामपुर पाल्पा । पूराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला ९गुठी० को भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुनःनिर्माण थालिएको छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम भइरहेको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशालाका रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड ६ लाख ५३ हजारको लागतमा पुनः निर्माणको काम चलिरहेको छ ।
पूरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । सोही स्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौदेखि निर्माण भइरहेको छ । विसं २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू