काठमाडाैं । १४ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको बैंग्लोरमा रहेको कान्तिराव स्टेडियममा निर्धारित र अतिरिक्त समयमा एक / एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो। जसमा भारत ५–४ गोल अन्तरले विजयी भयो ।
फाइनलमा भारतविरुद्ध १४ औं मिनेटमा पाहुना टोली कुवेतले अग्रता लिएको थियो । कुवेतका शबीब अल खलिदीले गोल गरेका थिए । १६ औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले गरेको प्रहार खेर गएको थियो ।
भारतका लागि बराबरी गोल लालियानजुआला चाङ्तेले गोल गरेका थिए । ३८ औं मिनेटमा उनले गोल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित ९० मिनेटभित्र र थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो। जसमा कुवेत उप विजेता बन्न सफल भयो । भारतको साफ उपाधि संख्या ९ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्