काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । पदाधिकारीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने छ ।
पदाधिकारी बैठकले भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि छलफल हुने बताइएको छ । मंगलबार सभापति शेरबहादुर देउवा बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो ।
आज सभापतिको उपस्थितिमा उक्त विषयमाथि थप छलफल हुन लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘हिजोको छलफलमा सभापतिज्यू सहभागी हुनुहुन्थेन । हिजो छलफल भएका विषयको जानकारी गराउन २ बजे हामी बालुवाटार जाँदैछ । त्यसमा थप छलफल हुन्छ ।’
कांग्रेसका धेरै भ्रातृ तथा शुभेच्छुक संगठनहरु नेतृत्व बिहीन र समयावधि सकिएका समितिहरु छन् । उक्त नेतृत्व बिहीन र समयावधि सकिएका समितिको ठाउँमा नयाँ समिति चयन गर्ने कि वर्तमान समितिलाई अधिवेशन गराउने गरि समय थप्ने भन्नेमा छलफल भइरहेको छ । कांग्रेका अधिवेशन हुन बाँकी १६ जिल्ला छन् । स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टी पंक्ति परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको महतले बताए ।
प्रतिक्रिया दिनुहोस्