काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
भारतीय नागरिक प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।
संसद सचिवालयका एक अधिकारीका अनुसार बैठक स्थगितको सूचना जारी गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्