काठमाडौँ । गत असार १ गतेदेखी सुरु भएको शैक्षिक सत्र आगामी चैतमा सकिनेछ । चालू शैक्षिक सत्र कोरोना भाइरस संक्रमणका कारण गत असारदेखी सुरु भएको हो ।
आगामी फागुन १ गतेदेखी शैक्षिक संस्था खोल्ने निर्णय भएसंगै नयाँ शैक्षिक सत्र बैशाखदेखी सुरु हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणदर घट्दै गएपछि मन्त्रालयले आगामी बैशाखदेखी नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको हो । मन्त्रालयका अनुसार संक्रमणदर बढ्यो भने त्यस अवस्थालाई हेरेर अरु निर्णय गर्न सकिने छ ।
फागुन र चैतमा संक्रमणको अवस्था बुझी स्थानीयतहले आफ्नो क्षेत्रमा शैक्षिक संस्था सन्चालन गरेर अध्ययन गराउने निर्णय यस अघिनै भइसकेको छ । आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयले बताएको हो ।
प्रतिक्रिया दिनुहोस्