काठमाडाैँ । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका हुन् ।
कोसीमा सरकार गठनका लागि ४७ सांसदको साथ चाहिन्छ । गठबन्धन दलसँग सभामुखलाई जोड्दा मात्र बहुमत पुग्छ । तर, एमालेले सभामुख दलविहीन अवस्थामा रहने भएकाले सरकार गठनमा गणना गर्नु संविधानविपरीत भएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।
असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले सरकार गठनमा दाबी पेस गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्