Ads

कोशी प्रदेश सरकार गठनमा सभामुखको समेत हस्ताक्षर हुनु संविधानविपरीत : शेखर कोइराला


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनमा बहुमतका लागि सभामुखको समेत हस्ताक्षर गरी पठाएको विषय संविधानविपरीत भएको बताएका छन् ।

सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सकरार गठनको प्रस्ताव लगेका बेला कांग्रेस नेता कोइरालाले त्यसलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्यसञ्चालन गर्नु र अध्यक्षता गरेको उल्लेख गरे ।

उनले भनेका छन्, ‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्यसञ्चालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।’

 

Ads

सम्बन्धित पोष्टहरू