Ads

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । शुक्रबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ०६ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २० पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९७ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ छ भने बिक्री दर ८८ रुपैयाँ ४० पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६२ पैसा छ । सिंगापुर

डलर १ को खरिद दर ९७ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २० पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २० पैसा छ भने बिक्री दर १८ रुपैयाँ २८ पैसा छ ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ २७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३१ पैसा छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०३ पैसा छ ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३८ पैसा छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्री दर १० रुपैयाँ १५ पैसा छ ।

Ads

सम्बन्धित पोष्टहरू