Ads

रबिको दुई गोलमा पुलिसको जित


काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज(बुधबार) भएको खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा जितका लागी रबि शंकर पासवानले दुई गोल गरेका हुन् । उनले खेलको ३७औँ मिनेटमा गोल गरेर पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५३औँ मिनेटमा पाएको पेनाल्टीबाट च्यासलका मौसा अबागानाले एक गोल गरेर बराबरी बनाएका हुन् ।

खेलको ७०औं मिनेटमा पासवानले दोस्रो गोल गर्दै पुलिसलाई २–१ को गोल अन्तरले जिताए ।

आजको जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको दशौँ स्थानमा रहेको छ भने च्यासलले ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू