काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
बैठकमा सत्तापक्षले आफूहरु पनि बोल्न पाउनुपर्ने अडान राखेका थिए भने प्रतिपक्षले आफूहरुले उठेर पहिलेजस्तै विरोध गर्ने अडान राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।
शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्