Ads

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन


पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष  खिमानन्द पाण्डेय कमलको निधन भएको छ । बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो ।

खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो । उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा  उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए ।

स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ । उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने गैरेले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू