Ads

‘मैले प्रधानमन्त्री होइन, ज्ञानुको बुबा बनेर बोलेको हो’: प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भावनात्मक मान्छे रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले आफू भावनात्मक रहेकैले प्रितम सिंहको किताब विमोचन कार्यक्रममा बोलेको बताए

“म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ । मनमा आएँ भने,” प्रचण्डले भने ।

उनले आफूले प्रधानमन्त्रीमा रूपमा नभएर एक बुवाको रूपमा बोलेको बताए । तर, आफूले देशलाई हानि हुने गरी कुनै काम नगरेको उनको भनाइ छ ।

प्रितम सिंह कुनै राजनीतिक शक्ति नरहेको बताउँदै उनले आफ्नो पुत्री ज्ञानु दाहाल बिरामी हुँदा सहयोग गरेको बताए ।

प्रधानमन्त्रीको भनाइ यस्तो थियोः

‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा… प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

Ads

सम्बन्धित पोष्टहरू